काठमाडौं, २८ चैत । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारबाट नेकपा (एमाले) ले ब्याक हुने तयारी गरेको छ । प्रदेश सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारबाट एमाले ब्याक हुन लागेको हो ।
‘प्रदेश सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै एमालेले सरकारबाट ब्याक हुने गृहकार्य थालेको छ । अबको केही दिनमा निर्णय गर्छौं,’ नाम उल्लेख नगर्ने शर्तमा एमालेका एक प्रदेश सांसदले भने ।
सुदूरपश्चिम प्रदेश सरकारमा एमालेबाट एक राज्यमन्त्रीसहित ४ जना मन्त्री रहेका छन् । एमालेबाट आन्तरिम मामिला तथा कानूनमन्त्रीमा हिरा सार्की, भौतिक पूर्वाधार विकासमन्त्रीमा सुरेन्द्र बहादुर पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा वीरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मलादेवी साउँद रहेका छन् ।




प्रतिक्रिया