काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल रोप्ने कार्यलाई तीव्रता दिएको छ।
महानगरको गौरवको योजना ‘मेरो रहर, सुन्दर र हरित सहर’ कार्यक्रम अन्तर्गत पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले यो अभियान सुरू गरेको हो। सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यका साथ महानगरपालिकाले फूल रोप्ने कार्यलाई तीव्रता दिइरहेको छ ।
यस अभियानले सहरको सौन्दर्य बढाउनुका साथै सहरी वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्ने विश्वास गरिएको छ। हाल रोपिएका बेगमबेली फूलहरू पहेँलो, रातो र गुलावी लगायतका विभिन्न रङमा फुल्नेछन्।
महानगरको यो अभियान पहिलो चरणमा मुख्य प्रशासनिक केन्द्र सिंहदरबार वरपरको क्षेत्रलाई समेटिएको भए पनि दोस्रो चरणमा काठमाडौंका भित्री सहरी क्षेत्रहरूमा पनि गमला राख्दै लगिने योजना छ।




प्रतिक्रिया