सुर्खेत । प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारको मानसिकता पनि केन्द्रीकृत नै रहेको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले साहले प्रदेश सरकारहरूलाई अधिकार सम्पन्न गराइने बताए पनि व्यवहारमा त्यो नदेखिएको बताए ।
‘नयाँ सरकारले प्रदेश र स्थानीय तहप्रति परम्परागत र केन्द्रीकृत मानसिकता देखायो,’ शनिवार मुख्य न्यायाधिवक्ताको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘जसका कारण सरकार सञ्चालनमा विभिन्न जटिलता उत्पन्न भएको छ ।’
कँडेलले ‘संविधान कार्यान्वयन भएको एक दशक बितिसक्दा पनि अपेक्षाअनुसार संरचनागत विषय कार्यान्वयन हुन नसकेको स्पष्ट पारे ।
कँडेलले संविधानले दिएको अधिकारलाई केन्द्र सरकारले सामान्य परिपत्रका आधारमा विस्थापित गर्ने प्रयास भइरहेको समेत बताए ।




प्रतिक्रिया