काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका एक जना पदाधिकारीले पनि चुनाव जित्न नसकेको बताएका छन् । उनले कांग्रेसका सभापति गगन थापाले पार्टीमा विद्रोह गरेर हिँडेको भएपनि सबै पदाधिकारी पराजित भएको बताएका हुन्।
‘कांग्रेसका नेता गगन थापाले त आफ्नो नेतृत्वमा विरुद्ध विद्रोह गरिकन परिवर्तन गर्यौँ कांग्रेस भनेर हिँड्नुभएको थियो। नेपाली कांग्रेसको परिणाम के रह्यो? नेकपा एमालेका पदाधिकारीहरूले चुनावमा पराजय बेहोरे जस्तै नेपाली कांग्रेसका पदाधिकारी प्रायः सबैले प्रत्यक्षमा चुनावमा पराजय बेहोर्नुपर्यो होइन ?’ उनले भने ।
उनले भदौ २३ र २४ गते सरकारमा नभएपनि आज मधेसवादी दलहरू राष्ट्रिय राजनीतिबाटै हराएको बताए।




प्रतिक्रिया