प्रधानमन्त्री शाह नेतृत्वको सरकार,’नेपाल–भारत सीमानामा जनशक्ति थपियाे’


महेन्द्रनगर। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले नेपाल–भारत सीमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको छ ।

कैलाली र कञ्चनपुरस्थित सशस्त्र प्रहरी बलमा जनशक्ति थप गरिएको हो । अहोरात्रगस्ती गर्न ३० जनाको टोली बनाएर जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीले जनाएको छ ।

सशस्त्र प्रहरी बलले विद्यालय तथा समुदायमा विपद् व्यवस्थापनसम्बन्धी चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।