अमेरिका–इरान वार्ता असफल भएपछी ट्रम्पले के भने ?


काठमाडौं । शनिबार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू चिन्तित नभएको बताएका छन् ।

ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले युद्धमा अमेरिका अगाडि रहेको दाबी गरे ।

इरानलाई जसरी पनि जित्ने उनको भनाइ छ । इरानको नौसेनासँग १५८ जहाजहरू रहेको र उनीहरूसँग २८ वटा माइन ड्रपरहरू रहे पनि ती सबै डुबिसकेको उनले दाबी गरेका छन् ।