काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री गुरुराज घिमिरेले संसदिय दलको नेताको चयन नयाँ वर्ष लागेपछी मात्रै हुने बताएका छन् ।
आज(आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार खेम बमसँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् ।
पत्रकार बमले संसदिय दलको नेता चयनमा किन ढिला भन्ने प्रश्नमा महामन्त्री घिमिरेले भने,‘केही ढिला भएके हो । तर धेरै ढिला भएको छैन । हामी यो चैत्र महिना सकिदा नसकिँदै नयाँ वर्षको प्रारम्भमै यो काम सम्पन्न गर्छौँ ।’
महामन्त्री घिमिरेले सरकारले देशको हितमा काम गरे साथ दिने र प्रतिशोधको हिसावले लागे संसदमै प्रतिवाद गर्ने बताए । साथै उनले पार्टीको नियमित महाधिवेशन समयमै गर्न सबै नेताकार्यकर्ता एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिए ।




प्रतिक्रिया