राप्रपा भित्र बढ्याे विवाद


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद उत्पन्न भएको छ।

पार्टीको संस्थागत निर्णयबिना नै उपसभामुख पदको उम्मेदवारी दिइएकोमा महामन्त्री धवलशम्शेर राणाले विमती जनाएका छन्।

‘म प्रस्ट पार्न चाहन्छु— हामी गणतन्त्र विरोधी आन्दोलनमा छौं। गणतन्त्रमा संविधानको निःशर्त पालना, संरक्षण र कार्यान्वयनको प्रधान दायित्व भएका कुनै पनि जिम्मेवारीमा हामी सहभागी हुनुहुँदैन,’उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले पार्टीको प्रजातान्त्रिक पद्धतिलाई चुनौती दिँदै गरिएका कुनै पनि निर्णयमा आफ्नो सहमति नहुने स्पष्ट पारे ।

प्रतिनिधि सभामा राप्रपाका १ प्रत्यक्ष र ४ समानुपातिक गरी ५ जना सांसद छन्।

उपसभामुख पदमा सांसद सरस्वती लामालाई उम्मेदवार बनाएपछी पार्टीभित्र विवाद उत्पन्न भएको हो।

राप्रपाले वैशाख १६ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकमा चुनावी समीक्षा गर्ने, केन्द्रीय कार्यसमितिको बैठकको मिति तय गर्ने लगायतका विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।