जसपा नेपालका नेता बस्नेतको टिप्पणीः पुराना दलको राजनीतिक वेश्यावृत्तिबाट रास्वपा जन्मिएको हो


काठमाडौं, २९ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले पूराना दलको राजनीतिक वेश्यावृत्तिबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जन्म भएको टिप्पणी गरेका छन् । तर्सथ रास्वपासँग कुनै राजनीतिक उद्देश्य, विचार र एजेण्डा नरहेको उनको टिप्पणी छ । रास्वपाले दीगो वकिास, मुलुकको समृद्धि र नागरकिको जीवनस्तरमा सुधार गर्न सक्ने सम्भावना पनि नरहेको उनले दाबी छ ।

‘रास्वपा कुनै राजनीतकि क्रान्ति गरेर स्थापति भएको दल हैन । रास्वपासँग कुनै राजनीतकि उद्देश्य, विचार या एजेण्डा पनि छैन । रास्वपाले दीगो विकास, मुलुकको समृद्धि र नागिरकको जीवनस्तरमा सुधार गर्न सक्ने सम्भावना पनि छैन । तर रास्वपाले एउटा काम भने गर्छ जस्तो छ त्यो के भने पुराना दलहरुलाई सजिलै उठ्न नदिन सक्छ । किनभने पुराना दल र तिनको नेतृत्वको राजनीतिक वेश्यावृत्तिबाट रास्वपा जन्मिएको हो,’ उनले भनेका छन् ।

रास्वपाको यो जन्म माकुरा अवतार जस्तो रहेको र आफ्नै माउलाई बाँकी नराख्ने खतरा रहेको पनि उनको बुझाइ रहेको छ । माउबनिाको चल्लाहरुले अर्को माकुरा अवतारको लागि रास्वपाको राजनीतकि वेश्यावृत्ति कुर्नु पर्ने उनको तर्क रहेको छ ।