काठमाडौं । यतिबेला सिंहदरबारमा प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी छ ।
समितिले प्रतिनिधि सभाको नयाँ नियमावली तर्जुमा गर्ने कार्य गरिरहेको छ ।
गणेश पराजुलीको सभापतित्वमा गठित १५ सदस्यीय समितिको यो बैठकले संसद सञ्चालनका लागि आवश्यक संशोधन र नयाँ प्रावधानहरूबारे छलफल गरिरहेको छ । समितिका सदस्यहरूले नियमावलीका विभिन्न अध्याय तथा दफाहरूमा संशोधन प्रश्ताव ल्याउने र छलफल गर्ने क्रममा छन् ।
बैठकमा नियमावलीलाई समसामयिक बनाउने, संसदीय प्रक्रियालाई थप प्रभावकारी र पारदर्शी बनाउने विषयमा जोड दिइएको छ ।




प्रतिक्रिया