उन्नाइस केजी गाँजासहित युवक पक्राउ


सिरहा, २९ चैत । जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेका धनगढीमाई नगरपालिका—९ का राजेश दासलाई पक्राउ गरिएको हो ।

यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख सुमनजङ्ग थापाका अनुसार गाँजा तस्करी भइरहेको सूचना प्राप्त भएपछि परिचालन भएको सशस्त्र प्रहरी बलको टोलीले आज बिहान निजलाई पक्राउ गरेको हो ।

शङ्का लागेर सुखिपुर क्षेत्रमा जाँच गर्दा चाँदीका गाँजासहित ब्रासलेट, नगद रु।२५ हजार र एक थान मोबाइल सेट बरामद भएको उनले बताए । रासस