काठमाडौँ । दूषित पानीका कारण गैँडा मरेको भन्दै नवलपुरका स्थानीयवासीले गृहमन्त्री सुधन गुरुङलाई ध्यानाकर्षण गराएका छन् । आइतबार नवलपुरका सांसद राजन गौतम सहितको टिमले गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको हो ।
विभिन्न उद्योगबाट आएको दूषित फोहोर पानी खोलामा मिसिएको र उक्त पानी खाँदा कैयौँ वन्यजन्तुहरू मृत भेटिएको स्थानीहरूको गुनासो छ। उक्त औद्योगिक क्षेत्रको गृहमन्त्री सुधन गुरुङले अवलोकन समेत गरेका थिए ।




प्रतिक्रिया