प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका युवा छुटे


पाँचथर । प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रोशन पोखरेल रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार आवश्यक परेको बेला उपस्थिति हुने गरी उनलाई आफन्तको जिम्मा लगाइएको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेल चैत २६ गते पक्राउ परेका थिए । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थपिएको थियो ।

उनी पक्राउ परेको समाचार बाहिरिएपछी प्रधानमन्त्री बालेन शाहको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।