काठमाडौं, चैत ३० । काठमाण्डौमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुने भएको छ । काठमाण्डौ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा बैशाख १ गते बेलुका ८ बजेदेखि ११ बजेसम्म रात्रिकालीन बस सेवा सञ्चालनमा आउन लागेको हो ।
शुरुमा दुईवटा रुटमा बस चलाउने तयारी छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट हुनेछ ।
यस्तै थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म अर्को रुटमा रात्री बस चल्नेछ । यी दुई रुटमा ४ वटा रात्रीकालीन विद्युतीय बस सञ्चालन हुनेछन् ।
तोकिएको रुटका बस स्टपहरुमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी हुने महानगरपालिकाले जनाएको छ




प्रतिक्रिया