काठमाडौं, चैत ३० । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश लंका बनिसकेको प्रतिक्रिया दिएका छन्। उनले डाँडाभरि लाली गुरास फुलेजस्तै मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेको भन्दै सुनको विवरणमा कटाक्ष गरेका छन्। ‘समृद्धि आएछ, सुशासन त्यहीँबाट आरम्भ हुन्छ,’ उनले भनेका छन्।
यस्तै, उनले जहाँ कंगाल, त्यहीँ चण्डाल भन्ने अवस्था देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको पुरानो फेसबुक स्ट्याटसलाई कटाक्ष गरेका छन्। उनले लेखेका छन्, ‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाइलो भो। देश लंका बनिसकेछ।, डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ। समृद्धि आएछ सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ। म झनै खुसी किनकि जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ–झिक्कै झिक्कै मया तम्लाई!’




प्रतिक्रिया