काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया आज हुँदैछ ।
त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीको पित्तथैली शल्यक्रियाको मिति आजलाई तोकेको थियो । अहिले ओलीलाई अपरेसन थिएटरमा लगिएको उनको परिवारले जाएको छ ।
डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको पत्थरी निकाल्ने छ । ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ ।
यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा प्रक्राउ परेका थिए । त्यसपछी उनी अस्पतालमै उपचाररत छन् ।




प्रतिक्रिया