ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुँदै


काठमाडौँ । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुँदैछ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले आज दिउँसो काठमाडौँ महानगरपालिका–२६ त्रिदेवीमार्गस्थित ‘ठमेल सडक महोत्सव’ हुन लागेको हो ।

परिषद्का उपाध्यक्ष सहदेव धमला (विमल) ले नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार त्रिदेवीमार्गस्थित सडकमा ३२ वटा स्टल बनाएर खानाको प्रवद्र्धन र सामान बिक्री गरिनेछ ।

यस्तै, साँझ ६ः ०० बजेदेखि विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी नयाँ वर्षलाई स्वागत गरेर राति १२ः ३० बजे समापन हुने परिषद्ले जनाएको छ ।