ललितपुर । ललितपुरको जावलाखेलस्थित चिडियाखानाभित्र डुबेको अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ। सोमबार बिहान पोखरीमा एक पुरुष डुबेको अवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अन्दाजी ५५ वर्षीय पुरुषलाई उद्धार गरी तत्काल पाटन अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
ती पुरुष चिडियाखानाभित्र कसरी र कहिले प्रवेश गरे तथा डुबेर ज्यान कसरी गयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया