हवाई इन्धन मूल्य वृद्धि पछि आन्तरिक उडान यात्रुमा गिरावट, एयरलाइन्सद्वारा उडान मर्ज र कटौती सुरु


काठमाडौँ, ३० चैत । हवाई इन्धनको मूल्य वृद्धि भएपछि नेपालमा आन्तरिक उडानका यात्रुको संख्या उल्लेख्य रूपमा घटेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चैत १८ पछि दैनिक औसत १२ हजार यात्रुबाट घटेर करिब ७ देखि ८ हजार मात्र यात्रुले आन्तरिक उडान प्रयोग गरिरहेका छन्।

हवाई भाडा बढेसँगै अत्यावश्यक बाहेकका यात्रुहरू सडक यातायाततर्फ आकर्षित हुँदा यात्रु संख्या घटेको अनुमान गरिएको छ। यात्रु घट्दा एयरलाइन्स कम्पनीसँगै प्राधिकरणको आम्दानीमा समेत असर परेको छ, जसअनुसार दैनिक करिब ८ लाख रुपैयाँसम्म नोक्सानी भइरहेको बताइएको छ ।

यसैबीच एयरलाइन्सहरूले उडान कटौती र मर्ज गरेर सेवा सञ्चालन गरिरहेका छन् भने सरकारसँग कर तथा शुल्कमा सहुलियतको माग गरिएको छ ।