आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


काठमाडौं, वैशाख ६ । आज देशका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।आज मधेश प्रदेशबाहेक अरू प्रदेशको पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागको थोरै ठाउँ साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई क्षेत्रमा बिहान बादल लागेको छ ।