आन्दोलनमा जलेको गाडिहरुको नाममा कर्मचारीले ‘इन्धन’ लिएपछि…


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका कर्मचारीहरुले इन्धन दुरुपयोग गरेको पाइएको छ । उनीहरुले जेनजी आन्दोलनमा जलेको गाडिहरुको समेत इन्धन लिएको पाइएपछि स्वास्थ्य मन्त्री निशा मेहताले इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छिन् ।

मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन्।

जेनजी आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए। पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएको हो।

त्यस्तै स्वास्थ्य मन्त्रालय मातहतका दुरुपयोग गरिएका सवारी साधन पनि मन्त्रालय तानिएको छ । सवारी साधनको सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गर्दै आएको जानकारी प्राप्त भएपछि मन्त्री मेहताले निर्देशन दिएको थियो ।

Skip This