कांग्रेसले खोस्यो कृष्णप्रसाद सिटौलाको पद,कमला पन्तलाई दिइयो जिम्मेवारी


काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाइएका छन् । प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई बुधबार हटाइएका हुन् ।

आङ्देम्बेले उनलाई हटाएर कमला पन्तलाई संसदीय दलको नेतामा मनोनय गरेका छन् । कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ ।

सिटौला कांग्रेसमा शेरबहादुर देउवा समूहका हुन् भने पन्त गगन थापा समूहकी हुन् । उनी विशेष महाधिवेशनको पक्षमा खुलेकी थिइन् ।

गगनले पन्तलाईं राष्ट्रिय सभा संसदीय दलको नेता बनाउने सर्तमा आङ्देम्बेले सहमति जनाएपछि नै उनलाई सर्वसम्मतिले प्रतिनिधिसभा संसदिय दलको नेता बनाइएको चर्चा गरिएको थियो ।