विपक्षी दलको बैठक सिंहदरबारमा सुरु,गएन श्रम संस्कृति


काठमाडौँ । सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुईवटा अध्यादेश जारी गर्न मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको थियो ।

लगतै नेपाली कांग्रेसले आह्वान गरेको विपक्षी दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको हो ।

बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद सरस्वती लामा उपस्थित छन् भने श्रम संस्कृति पार्टी उपस्थित भएको छैन ।