काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर अस्पताल भर्ना भएकी छन् । उनी बुधबार बिरामी भएर ललितपुरको किस्ट अस्पतालमा भर्ना भएकी हुन् ।
उपसभामुख ठाकुर बिरामी भएर अस्पताल भर्ना भएको श्रम संस्कृति पार्टीका नेता सुदीप राईले जानकारी दिए ।
उनलाई के भएको हो भन्नेबारे केही खुलाएको छैन । अस्पताल स्रोतका अनुसार उनलाई बिहान बेहोसी अवस्थामै उपचारका लागि अस्पताल पुर्याइएको थियो ।




प्रतिक्रिया