सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका उपसचिवले सरुवा खान मानेनन्


काठमाडौं, वैशाख १७ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव तथा प्रवक्ता नवराज ओझाले सेवाबाट राजीनामा दिएका छन्। उनले व्यक्तिगत कारणलाई मुख्य आधार बनाएका छन्। कैलालीको गोदावरी नगरपालिका–६ लालपुर निवासी ओझा २९ वर्षअघि नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका थिए। हाल उनी मुख्यमन्त्री कार्यालयको प्रवक्ता समेत थिए।

११ वैशाखमा राजीनामा पत्र बुझाएका ओझालाई सरकारले डडेल्धुराको अमरगढी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको थियो। तर स्थानीय तहको अनुभव अभाव, स्वास्थ्य समस्या र अत्यधिक तनावका कारण जिम्मेवारी सम्हाल्न नसक्ने निष्कर्षमा पुगेको उनले बताएका छन्।