काठमाडौं । प्रमुख विपक्षी दलहरुले वर्षाअघि नै रासायनिक मलको चाँजोपाँजो मिलाउन सरकारसँग माग गरेका छन् ।
बिहीबार बिहान नेपाली कांग्रेस, नेकपा एमाले, र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकको संयुक्त बैठकले अमेरिकाइरान द्वन्द्वका कारण थप अभाव हुने अवस्था रहेको भन्दै सरकार त्यसतर्फ गम्भीर हुनुपर्ने बताएको छ ।
‘प्रत्येक वर्ष अभाव हुने रासायनिक मल यस वर्ष अमेरिका–इजरायल र इरानबीच भैरहेको युद्धका कारण थप अभाव हुने अवस्था सिर्जना भएको छ। त्यसैले यो अवस्थातर्फ सरकार गम्भीर भई वर्षा यामका लागि आवश्यक पर्ने रासायनिक मलको चाँजोपाँजो समयमै मिलाउन माग गर्दछौं,’ विपक्षी दलले सार्वजनिक गरेको निर्णयमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया