शेखर समुहकाे अडान-क्रियाशील सदस्यता फेरि अद्यावधिक गर्न नहुने


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा‍ शेखर कोइरालाले बोलाएको बागमती प्रदेशस्तरीय छलफल सम्पन्न भएको छ ।

डा. कोइरालाले बिहीबार काठमाडौँको बालुवाटारस्थित ओपेरा होटलमा गरेको भेलाले १५ औँ महाधिवेशनका लागी नवीकरण भइसकेको क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकिने बताएको छ ।

‘छलफलमा सहभागीहरूले १५ औँ महाधिवेशनका लागी क्रियाशील सदस्यता नवीकरण भैसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने अडान राखेका हुन् ।

कोइरालाको सचिवालयका अनुसार नेताहरूले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको र पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापतिकै रहेको बताएका छन् ।