यो साता देशभर हावाहुरी, असिना, वर्षा र हिमपातको सम्भावना


काठमाडौं, वैशाख १९ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावका कारण अहिले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।

आज दिउँसो कोसी, वाग्मती, गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रको थोरै स्थानमा मेघगर्जन र चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

त्यस्तै, आज राती राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल बादल लाग्ने बताइएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । महाशाखाका अनुसार यो साता देशका विभिन्न भागमा बदलीसहित हावाहुरी, असिना तथा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।