संस्कृत विश्वविद्यालयका उपकुलपतिले पनि दिए राजिनामा


काठमाडौं । संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पनि राजीनामा दिएका छन् । उनले शुक्रबार राजीनामा दिएका हुन् ।

सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउनेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि उपकुलपतिहरूले धमाधम राजीनामा दिन थालेका हुन् ।

यसअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका थिए ।