अध्यादेश :विपक्षी दलकाे नेता आङ्देम्बे र राष्ट्रपतिबीच भेटवार्ता


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलको नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

शनिबार बिहान आङ्देम्बेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको हो । भेटवार्ताका क्रममा समसममयिक राजनीतिक विषयमा संवाद भएको सचिवालयले जनाएको छ ।

भेटवार्तामा आङ्देम्बेले अध्यादेशका सन्दर्भमा विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई अवगत गराएका थिए ।

सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

जसमध्ये तीनवटा अध्यादेश जारी भइसकेका छन् । विपक्षी दलहरूले भने सरकारले सिफारिस गरेका अध्यादेश फिर्ता गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएका थिए ।