‘बरू बाढीबाट बचियो तर सरकारबाट बच्न सकिएन’


काठमाडौं । सरकारले सुकुमवासी बस्तीर्मा चलाएको डोजरलाई लिएर विरोध प्रदर्शन भएको छ ।

शनिबार काठमाडौंको माइतीघरमा जेनजी सेन्टरका अभियान्ताहरूले सुकुमवासी बस्तीमा डोजर चलेको घटनाको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले बाेकेकाे प्लेकार्डमा ‘सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको ?’, ‘बरू बाढीबाट बचियो तर सरकारबाट बच्न सकिएन’, ‘खोइ मानवता डोजरले पुर्‍यो’, लगायतका नारा लेखिएको छ ।