काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ। शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सडक दुर्घटना नागरिकको जीवन र भविष्यसँग जोडिएको गम्भीर विषय भएकोले यसमा देखिएका कमजोरी सुधार्न सरकार दृढताका साथ अघि बढ्ने उल्लेख गरिएको छ ।
‘वि.सं. २०८३ वैशाख १७ गते दिउँसो करिब २५० बजे थवाङ गाउँपालिका–२ मा भएको जीप दुर्घटनामा २० जनाको ज्यान गएको पुष्टि भएको छ। उक्त घटनाले सिंगो राष्ट्रलाई स्तब्ध बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
दुर्घटनापछि उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीहरू सक्रिय रूपमा खटिएको जनाइएको छ।
घटनाको सूक्ष्म छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)कै नेतृत्वमा रहेको गृह मन्त्रालयले तत्कालै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै छानबिन समितिलाई दिइएको तीन दिनको समय आजै सकिन लागेको पनि विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया