लालपूर्जा र नक्सापास देखाउँदा-देखाउँदै पनि घरमा डोजर चलेपछि….


काठमाडौँ । सरकारले गत सनिबारदेखि नै काठमाडौँका विभिन्न खोलाकिनारमा रहेका सुकुमवासी र अव्यवस्थित बसोबासीले अतिक्रमित संरचनामा डोजर चलाएर भत्काइहेको छ ।

पहिलो चरणमा थापाथली,गैह्रीगाउँ र मनोहराको सुकुमवासी बस्तीमा डोजर चलाइएको थियो भने दोस्रो चरणअन्तर्गत हिजो(सनिबार) बाट बालाजु,स्वयम्भु सहित अनामनगरलगाायतका स्थानमा डोजर चलाइहेको छ । यसैबीच आज(आइतबार) अनामनगरस्थित धोबीखोला किनारमा रहेको ७ तले भवनमा डोजर चलाइएको छ। ।

घरधनी इन्द्र चाम्लिङले जग्गाको लालपूर्जा र नक्सापास देखाउँदा देखाउँदै पनि घरमा डोजर चलेको हो । उनले भवनको नक्सा पास भएको र आफूले नियमित रूपमा राजस्व तिर्दै आएको बताए। चाम्लिङले आफूले कुनै सरकारी जग्गा नहडपेको बताए ।

चाम्लिङ गत वर्ष नै घर भत्काउने हल्ला चलेपछि उच्च अदालत गएका थिए । अदालतले यो सरकारी जग्गा होइन भनेर वडा कार्यालय र महानगरपालिकालाई समेत पत्र दिएको चाम्लिङको भनाइ छ ।

सरकारले भने किनारको मापदण्ड मिचेको र स्वीकृत नक्सा भन्दा बढी संरचना बनाएको भन्दै माथिल्लो तलाहरू र नक्सा विपरीतका भागहरू भत्काएको जनाएको छ।