काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे गृहजिल्ला पाँचथर पुगेका छन् । उनले गृहजिल्ला पुगेर पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गरेको कांग्रेसले जनाएको छ ।
कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकको विषयमा विवाद चर्किरहेका बेला आङ्देम्बे भने पाँचथर पुगेर सदस्यता अद्यावधिक गरेका हुन् ।
संसदीय दलका नेता आङ्देम्बेले पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाका हुन् ।
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि ‘जरामा जाऊँ अभियान’ अन्तर्गत ७७ वटै जिल्लाहरूमा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।
तर, निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले अद्यावधिक नगर्ने अडान लिएका छन् ।




प्रतिक्रिया