काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । सोमबार बिहान ११ बजेका लागि तयार भएको बैठक नबसी स्थगि भएको हो ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित नहुने भएपछि स्थगित भएको समिति सचिव सहसचिव कान्छा दुलालले बताए ।
समितिका कार्यक्षेत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग पर्छन् । दुलालका अनुसार समिति बैठक मन्त्री नभई बस्ने परम्परा नरहेको र समितिको कार्यक्षेत्र पर्ने प्रधानमन्त्री र मन्त्री आउन नसक्ने भएपछि स्थगित गरिएको हो ।
बैठकमा समितिको कार्यक्षेत्र र समितिको आगामी कामकारबाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो । समिति सचिवालयले सूचना निकालेर विशेष कारणवश बैठक स्थगित गरिएको जनाएको थियो ।




प्रतिक्रिया