लुम्बिनीमा सक्रिय प्रणाली बागमती र मधेसमा सर्‍यो


काठमाडौँ । हावाहुरी र चट्याङ सहित गण्डकी र लुम्बिनीमा सक्रिय रहेको पानी पार्ने प्रणाली अहिले बागमती र मधेस प्रदेशमा पनि प्रवेश गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले फेसबुकमार्फत् दिएको जानकारी अनुसार यो प्रणाली पूर्वीमधेस र कोशी प्रदेशमा पनि केही समयमा पुग्ने देखिएको छ। अहिले काठमाडौं उपत्यकामा पनि हावाहुरी सहित हल्का वर्षा भइरहेको छ।

हावाहुरी र चट्याङ सहित पानी परिरहेको बेला सतर्क रहन विभागले आग्रह गरेको छ।