जनमत पार्टी मधेस प्रदेश :यादवलाई दलको नेताबाट हटाउँदै सिंहलाई दिइयाे जिम्मेवारी

महेश प्रसाद यादव र चन्दन कुमार सिंह (दायाँ) ।

जनकपुरधाम । जनमत पार्टीले मधेस प्रदेशसभामा संसदीय दलको नेता परिवर्तन गरेको छ। पार्टीका राष्ट्रिय अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले चन्दन कुमार सिंहलाई मधेस प्रदेशको संसदीय दलको नेता चयन गरेका हुन्।

यसअघि दलको नेता रहेका महेश प्रसाद यादवलाई जिम्मेवारीबाट हटाउँदै सिंहलाई जिम्मेवारी दिइएको हो ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिले मंगलबार एक पत्र जारी गर्दै यो बारेमा जानकारी दिएको छ। ‘उपरोक्त सम्बन्धमा आजैको मितिदेखि लागू हुने गरी जनमत पार्टी मधेस प्रदेश संसदीय दलको नेताको रूपमा चन्दन कुमार सिंहलाई तोकी जिम्मेवारी हेरफेर गरिएको व्यहोरा जानकारी गराउँदछौँ,’ अध्यक्ष राउतले जारी गरेको पत्रमा भनिएको छ।

पार्टीले यस निर्णयको जानकारी मधेस प्रदेशसभा सचिवालय र जनमत पार्टी मधेस प्रदेश संसदीय दललाई समेत गराइसकेको छ।