रेडक्रसको तदर्थ समितिलाई मार्गप्रशस्त गर्न सरकारले गर्याे आग्रह


काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिलाई मार्गप्रशस्त गर्न सरकारले आग्रह गरेको छ ।

सोमबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भएको छलफलमा तदर्थ समिति अध्यक्ष विनोद कुमार शर्माको टोलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्री कार्यालयका प्रतिनिधि, गृह मन्त्रालय, महिला मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले रेडक्रसको विधानले संघीयताको मर्मलाई आत्मसाथ गर्न नसकेको भन्दै मार्गप्रशस्त नगरे कडा कदम चाल्ने उल्लेख गरेका थिए ।

महिला मन्त्रालयमा भएको छलफलमा रेडक्रसको समग्र रुपान्तरण र पुस्तान्तरण गर्न नसकेको, सदस्यता वितरणमा सिण्डिकेट कायम गरेको, सदस्यता र उम्मेदवारी शुल्क चर्को बनाएको भनी प्रश्न उठेको थियो ।