काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले संवैधानिक परिषद बैठक बोलाएका छन् । उनले बिहीबार साँझ ५ बजेका लागि बैठक बोलाएका हुन् ।
संवैधानिक पदहरुमा नियुक्ति सिफारिसका लागि परिषदको बैठक बोलाइएको स्रोतले बतायो ।
सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त पदहरुमा नियुक्तिको बाटो खुलेको छ ।
हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका संवैधानिक पदाधिकारी पद रिक्त छन् ।




प्रतिक्रिया