काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आज दुई मन्त्रीसँग ‘पूर्व बजेट’ छलफल कार्यक्रम गर्ने भएको छ ।
छलफल कार्यक्रम अपराह्न चार बजे संसदीय दलको कार्यालय सिंहदरबारमा राखिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाले दिएको जानकारी अनुसार छलफलमा पर्यटन मन्त्री खडकराज पौडेल (गणेश) र सुचना सञ्चार मन्त्री बिक्रम तिमिल्सिनाको सहभागि हुनेछ ।
रास्वपाले आफ्ना सांसदहरुका लागि आर्थिक वर्ष २०८३–०८४ को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ कार्यक्रम आयोजना गरेको हो । रास्वपा बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग पूर्वबजेटबारे छलफल गरेको थियो ।




प्रतिक्रिया