धादिङ केन्द्रविन्दु भएर गयो भूकम्प


काठमाडौँ । आज बिहान धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः १४ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।