संविधान संशोधन:जनमोर्चाले अन्तरक्रियात्मक कार्यक्रम गर्दै,अधिवक्ता सहित दलका नेताहरूले धारणा राख्ने




काठमाडौं । राष्ट्रिय जनमोर्चाले “संविधान संशोधनको सन्दर्भमा : गणतन्त्र र राष्ट्रियता” विषयक अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयद्वारा जारी सूचनाअनुसार यही वैशाख २६ गते शनिबार दिउँसो १२ः४५ बजे बागबजारस्थित होटल हार्दिकमा कार्यक्रम को आयोजना गरिएको हो ।



राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यक्रममा लिखित अवधारणापत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै विभिन्न राजनीतिक दलका नेता तथा वरिष्ठ अधिवक्ताहरूले कार्यक्रमलाई सम्बोधन गर्नेछ ।


कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञावली, नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा पूर्व उपसभामुख पुष्पा भुसाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता लीलामणि पोखरेल, कार्यकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपाली लगायतले सम्बोधन गर्ने जनाइएको छ ।



त्यस्तै, कार्यक्रममा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, डा. टिकाराम भट्टराई, एकराज भण्डारी र अधिवक्ता पदम रोकाले पनि आफ्नो धारणा राख्ने प्रस्तुत गर्नेछन् ।