काठमाडौं, वैशाख २४ । तीनवटै सरकारी बैंकका सञ्चालक समिति अध्यक्षले पदबाट राजीनामा दिएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल र नेपाल बैंकका अध्यक्ष प्राध्यापक डा. डिल्लीराज शर्माले राजीनामा दिएका छन ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ढकाललाई गत साउन २ मा, पौडेललाई भदौ १९ गते शर्मालाई जनेजी आन्दोलनको तीन दिन आघि भदौ २० गते सरकारी बैंकको अध्यक्षको नियुक्ति दिएको थियो । सरकारले यही वैशाख १९ गते सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेर सबै राजनीतिक नियुक्ति खारेज गरेको छ ।
अध्यादेशबाट १०८ वटा निकायका १५९४ पदाधिकारीको नियुक्ति खारेज भएपनि नेपाल राष्ट्र बैंक ऐन उक्त अध्यादेशमा समावेश नभएका कारण नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको सरकारी भने नियुक्ति जोगिएको छ ।




प्रतिक्रिया