काठमाडौँ । नेपाली कांग्रेसले वैशाख २६ र २७ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ को आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेका पत्र अनुसार कार्यक्रममा सहभागी हुनेले २५०० सय रजिस्ट्रेसन शुल्क तिर्नुपर्ने भएको छ ।
‘‘कार्यक्रमको व्यवस्थापन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले गर्नेछ भने स्थानीय संयोजन जिल्ला कार्यसमिति कैलालीले गर्नेछ । प्रत्येक सहभागीले रजिस्ट्रेसन बापत रु २५०० बुझाउनु पर्नेछ,’ कार्यवाहक मुख्यसचिव दुलालले पत्रमा लेखेका छन् ।




प्रतिक्रिया