प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ आजै


काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज नै हुने भएको छ ।

संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले शर्माको सुनुवाइका लागि शुक्रबार अपराह्न ४ बजे बैठक बोलाएको हो । बैठक राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बस्ने जनाइएको छ ।

संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।