काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यहरुका लागि आवेदन खुलेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्व तथा सञ्चालक समितिमा रिक्त रहेका पदहरू पूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार प्राधिकरणमा एक जना अध्यक्ष र चार जना सदस्य नियुक्त गरिनेछ ।
यी पदका लागि योग्य नेपाली नागरिकहरूले तोकिएको शैक्षिक योग्यता र अनुभव पूरा गरी आगामी २०८३ साल जेठ ५ गते कार्यालय समयभित्र आवेदन बुझाउनुपर्ने छ ।





प्रतिक्रिया