काठमाडौं, वैशाख २७ । वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका १४ दलदलेस्थित सिद्विचरण राजमार्गमा पूर्ण रुपमा अवरुद्ध भएको छ। उदयपुर कटारी नगरपालिका १४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण रुपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
काभ्रेपलान्चोकस्थित सिन्धुली खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी चल्ने विपी राजमार्ग सडक खण्डमा आइपर्ने सम्भाबित बाढीलाई मध्यनजर गर्दै वैशाख २१ गते बेलुका ५ बजेदेखि बिहान ५ बजे सम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया