मेयरले चलाएको गाडी मध्यराति पर्यो दुर्घटनामा


धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टको गाडी दुर्घटनामा परेको छ। शनिबार राति अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमा दुर्घटनामा परेको हो ।

दुर्घटना हुँदा मेयर आफैँले गाडी चलाइरहेका थिए । गाडी सडक किनारको रेलिङमा ठोक्किँएर दुर्घटना भएको हो । सुदूरपश्चिम प्रदेश नं. ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

उनका अनुसार गाडी प्रहरी चौकी कैलाली गाउँमा राखिएको छ । मेयर भट्ट भने सामान्य भएकोले तत्कालै आफन्तसँग घर गइसकेका छन् ।

प्रहरीले मेयरले मापसे गरेर गाडी चलाएको पाइएकोले गाडी नियन्त्रणमा लिएर कैलाली गाउँ चौकीमा राखिएको जनाएको छ।