सुकुम्बासी बस्ती:’मृत्यु भएका घट्नाको जिम्मेवारी सरकार र रास्वपाले लिनुपर्छ’


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाउने क्रममा दुई जना नागरिकको ज्यान गएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् ।

आजल बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले सुकुम्वासीको उद्धार गरेको नभई उठीबास लगाएको आरोज लगााइन्। उनले भनिन्, “सुकुम्बासी बस्तीमा डोजर चलाउनु मानवीय संवेदनशीलताको गम्भीर असफलता हो । यसको नैतिक जिम्मेवारी सरकार र रास्वपाले लिनुपर्छ ।”

बस्ती हटाउने कार्यअघि सुकुम्बासीहरूको लगत संकलन गरी उचित व्यवस्थापन गरिनुपर्नेमा त्यसो नगरी बल प्रयोग गरिएको उनको भनाइ छ।