काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् । मोरङको विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा छलफल जारी रहेको छ ।
सभापति गगन थापाले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो ।
स्रोतका अनुसार उनीहरूले केन्द्रीय सदस्यमा मनोनयनबारे आफूहरूसँग सरसल्लाह नै नगरेको नेता कोइरालालाई बताएको स्रोतको दाबी छ ।
सभापति थापाले मनोनयन गरेका १९ जनामा सात जना कोइराला समूहका नेताहरू रहेका छन् । छलफलमा सहभागी स्रोतले बैठकमा केन्द्रीय सदस्यमा मनोनित नेताहरू जीवन परियार, डा. गोविन्दराज पोखरेल, दिनेश कोइराला र उर्मिला थपलिया पनि सहभागी छन् ।




प्रतिक्रिया